मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, कारोबार डेढ वर्ष यताकै कम

काठमाडौं, ३ असार । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक नेप्से ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा आइपुगेको छ ।

यसदिन २२० कम्पनीको ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँ बराबरको २३ लाख ५४ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ७४ करोडले घटेर पौने अर्बमा सीमित भएको छ । यो पछिल्लो डेढ वर्ष यताकै कम कारोबार हो । आज शेयर कारोबार दुई घण्टा भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.८२ प्रतिशतले घटेको छ ।

यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५९६.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार रिभर फल्स पावर लिमिटेडको नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

बुद्धभूमि हाइड्रो ४.६४, सिंगटी हाइड्रो ४.३४, गणपति लघुवित्त, माउन्टेन हाइड्रो, लिबर्टी इनर्जी र माउन्टेन इनर्जीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, सेञ्चुरी कमर्शियल बैंकको झन्डै साढे ६ करोड र एनसीसी बैंकको ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here