दाहुवाको यस्तो योजना, ३० हजारको सिसिटिभी खरिदमा स्कुटी देखि वासिङ मेशिनसम्मका उपहार

काठमाडौं, ३ असार । दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिदमा ५ सय देखि २ लाख सम्मका उपहार पाईने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक बितरक बिध म्यानेजमेन्ट प्रालीले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।

बिध म्यानेजमेन्ट प्रालि र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताद्धारा कम्तिमा ३० हजार बराबरको सिसि क्यामेरा लगायत सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो ।

यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, ईन्डक्सन चुल्हो, मिक्सर÷ग्राईन्डर, स्मार्टमोवाईलदेखी हात खाली नजाने १ हजार, ७५०, र ५०० रुपैयाँ नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै नेपालभरीका कम्पनीका आधिकारी डिलरहरुलाई समेत उनीहरुका बिक्रिका आधारमा थुप्रै योजनाहरु अघि सारेको जानकारी दिएको छ ।
दाहुवा सिसिटिभी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्रान्ड हो । यो बजारमा पाईने अन्य ब्रान्डको तुलनामा गुणस्तरिय, भरपर्दो, सस्तो र सुरक्षित छ ।

उपहारसँगै बिध म्यानेजमेन्टले घर÷टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सिसिटीभीको प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मुल्य २५ हजार तोकिएको छ । साथै बिध म्यानेजमेन्ट प्रालिद्धारा नेपालका ७७ वटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आब्हान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here