एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले ग्राण्डी अस्पतालमा छुट पाउने

काठमाडाैं, १ साउन । एन आई सी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गले ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।

सम्झाैतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरे ।

हाल बैंकले देशभरका २९१ शाखा, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here