काठमाडौं, ४ असार । धादिङ जिल्लाको धुनिवेशी नगरपालिकामा किसानहरुले मल कब्जा गरेका छन् ।
अवैध रुपमा रासायनिक मल आएको थाहा पाएपछि धादिङका किसानहरुले उक्त मल लुटेका छन्।
नेपालमा विदेशबाट मल आयातको जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै छ। तर, त्यो मल व्यापारीहरुले ल्याएका थिए।
सो जानकारी राजश्व अनुसन्धान विभागले पाएको थियो। त्यसैले राजश्व अनुसन्धान विभागले मल समातेको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको देखिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यलयले बताएको छ ।
यसअघि धादिङकै व्यापारीले कालोबजारीमा जथाभाबी मूल्य तोकेर मल बेच्ने र लुकाउने गरेको घटनाबाट किसान हैरान भएका थिए ।


























