कस्तो ठाउँमा पहिरोको जोखिम हुन्छ ? कसरी थाहा पाउने पूर्व संकेत

फाइलफोटो

काठमाडौं । बाढी,पहिरो र डुबान नेपालको कुनै एक ठाँउको मात्र समस्या होईन । नेपालमा वर्षेनी बाढी, पहिरोले सयौंको ज्यान लिइरहेको छ ।

पहिरोको जोखिम दुई कारणले बढ्छः पहिलो, निरन्तर पानी पर्दा र दोस्रो छोटो समयमै हुने भारी वर्षा। सामान्य पहिरोभन्दा भेल पहिरो बढी खतरनाक हुन्छ, त्यसले बढी क्षति गर्छ। नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहिरोको समस्या भोग्दै आएको छ ।

बाढी,पहिरोको कारण मनसुन सुरुभएपछि पहाड होस या तराई आकाश हेरेर रात काट्न मानिस बाध्य छन ।

हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढि पहिरोको त्रास बढ्ने गरेको छ नेपालमा दुई कारणले पहिरोको जोखिम बढी छ। एक, धेरै बस्ती पहिरोको जोखिम हुने ठाउँमा छन् वा पुराना ठूला पहिरोबाट बनेका ठाउँहरुमा बस्ती बसेको छ।

दोस्रो, नेपालका जमीन प्राकृतिक र मानवीय कारणले चलायमान भइरहेका कारण कमजोर छन्।

जस्तै, २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले जमीनलाई असर पारेको छ। यस्तै, मानवीय कारणमा सडक निर्माण गर्दा प्रयोग गरिने डोजरका कारण जमीन थिलथिलो बनेको छ। यो अवस्थामा जमीन कमजोर बनाउन वर्षाले झन् मद्दत गरेको छ।

कस्तो ठाउँ पहिरोको जोखिममा हुन्छ

मौसम, वर्षा र बाढी जस्तो पहिरोको पूर्वानुमान गर्न सकिंदैन। यसैले स्पष्ट रूपमा पूर्व संकेत पाउन सकिंदैन।

तर, पहिरो जानेवाला छ भनेर केही न केही कुरा थाहा हुन सक्छ।

-पहिला पहिरो गइसकेको ठाँउ ।

-भिरालो जमिनमा भित्र भ्वाड परेको ठाँउ ।

-डोजर लगाएर सम्माएको ठाँउ ।

-पानीको वहाव अपरोध गरेर निर्माण गरिएको ठाँउ । पहिरोको बढि जोखिम हुने गरेका छन् ।

पहिरोको जोखिमबाट बच्न केही सतर्कता अपनाउन सकिन्छ। वर्षायाममा भलको व्यवस्थापन राम्रोसँग गरेर पनि पहिरोको जोखिमलाई कम गर्न सकिन्छ । समुदाय वा घर नजिकै जमीनमा चिरा परेको छ भने चिम्ट्याइलो माटो हालेर पुर्ने वा प्लास्टिकले छोपेर र या त्यसठाँउबाट अलगै बसेर पनि पहिरोबाट बच्च सकिन्छ ।

पहिरोको जोखिम भएको बस्ती हो भने झनै चनाखो हुनुपर्छ। मौसम कस्तो हुन्छ, कति जोखिम छ भनेर जानकारी दिने सरकारी निकायहरुमा फोन गरेर सोध्न सकिन्छ। भारी वर्षा हुँदैछ भन्ने थाहा पाएपछि त्यो समय सुरक्षित ठाउँमा गएर बस्नुपर्छ।

कहिलेकाहीँ घरले पनि दिन्छ पहिरोको पूर्व संकेत

-पहिरोको सम्भावित घरको भित्तामा चिरा पर्नु । परेको चिरा बढ्दै जानु ।

– मझेरी, पिँडी, आँगन भाँसिदै जानु ।

-घरका झ्याल, ढोका फाटिएर खोल्न अप्ठारो हुनु ।

-घरवरीपरिको जमिन भाँसिनु आदी पहिरो जानु पूर्वका संकेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here