ग्रामीण स्वावलम्बन कोष साना किसानले सञ्चालन गर्ने

काठमाडौं १, साउन । राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोषका सबै कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने भएको छ ।

राष्ट्र बैंकले ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरेपछि सबै कार्यक्रम साना किसानमै सरेको हो । सरकारको निर्देशनमा राष्ट्र बैंकले मंगलबार साना किसानलाई कोष हस्तानान्तरण गरेको हो ।

स्थापनाको तीन दशकपछि ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थामा गाभिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट वत्तव्यमा ग्रामीण स्वावलम्बन कोषलाई साना किसान विकास लघुवित्तीय संस्थामा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

साना किसानको उत्थानका लागि विस ०५८ असार २२ मा सरकार र कृषि विकास बैंकको लगानीमा साना किसान विकास बैंक स्थापना भएको हो । ०६६ सालमा सरकारले यस बैंकमा रहेको आफ्नो सेयर साना किसानलाई बेच्यो ।

हाल यो संस्थामा २२ प्रतिशत कृषि विकास बैंकको, ४४ साना किसान सहकारी संस्थाहरुको, ३० प्रतिशत सर्वसाधारणको र बाँकी करिब ४ प्रतिशत लगानी नेपाल बैंक र नविल बैंकको छ ।

लघुवित्त संस्थाले बैंक लेख्न नपाउने राष्ट्र बैंकको व्यवस्थापछि यो संस्थाको नाम परिवर्तन गरी साना किसान विकास लघुवित्त वित्तीय संस्था बनेको हो । हाल संस्थाको चुक्ता पुँजी ७८ करोड रुपैयाँ र नेटवर्थ १ अर्ब ८० करोड रुपैयाँ छ । संस्थाले २० अर्ब रुपैयाँ लगानी गरेको छ ।

यो संस्थाले मुलुकभर करिब ९ सय साना किसान सहकारी संस्थामार्फत करिब ८ लाख घरपरिवारमा लघु वित्तीय सेवा पु¥याउदै आएको छ । कोषसँगको एकिकृत कारोबार पछि संस्थाको लगानीमा रहेको रकम करिब २१ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै, ग्रामीण भेगमा विपन्न वर्गमा लघुवित्तीय सेवा पु¥याउने उद्देश्यले ०४७ सालमा सरकार र राष्ट्र बैंकको संयुक्त लगानीमा ग्रामीण स्वावलम्बन कोष स्थापना भएको हो । त्यतिबेला सरकारको ५४ करोड रुपैयाँ र राष्ट्र बैंकको २५ करोड ३४ लाख रुपैयाँ गरी कुल ७९ करोड ३४ लाख रुपैयाँ बिऊ पुँजीमा कोषको स्थापना भएको हो ।

स्थापना देखि कोष राष्ट्र बैंकले सञ्चालन गर्दै आएको छ । हाल कोषमा करिब १ अर्ब रुपैयाँ छ । जसमध्ये ३५ करोड रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here