कर्णाली प्रदेशमा पूँजीबजार सचेतना कार्यक्रम, नाफाको लोभमा ऋण लिएर लगानी नगर्न मुख्यमन्त्री शाहीको आग्रह

काठमाडौं, ५ असार । कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा शनिवार सम्पन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा पूजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले देशका सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याएको बताए । उनले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको जानकारी दिए ।

कर्णालीमा पूँजीबजारको वारेमा सचेतना वृद्धि गर्नु सम्वद्ध निकायहरुले ध्यान दिनु आवश्यक भएकोमा मुख्य मन्त्रीले जोड दिए । नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

संघीयताको भावनालाई हामीले अझै पनि बुझेका छैनौ भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पूँजीबजारले सहयोग गर्ने उल्लेख गरे ।
नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै,लगानीकर्ता, बैकर्रहरु तथा व्यवसायीहरुले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले जोड दिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानकिर्ता साक्षरताको अवस्था भने कमजोर रहेको बताए ।

देशव्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसंगको सहकार्यमा विभिन्न कार्यक्रमहर अघि बढाएको डा अधिकारीले जानकारी दिए ।

हतारमा नगरी कम्तिमा दुई बर्षसम्म पखिर्ने गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुरले शाहीले कर्णाली प्रदेशमा रहेका शेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतनता सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकाले उद्योग धन्दा निराशाजनक अवस्था रहेको बेला पूजीबजार मार्फत औद्योगिक लगानीका लागि पूजी संकलन गर्न शेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउनु आवश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा नेपाल मचेण्ट बैकर्स एसोशियसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पूजीबजारका लागनीकर्ताहरु बीच सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघ संगको सहकार्य सचेतना कार्यक्रम संचालन गरेकोले त्यसबाट लाभ दिन लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले संघीयताको प्रर्वद्धन गर्न सचेतना कार्यक्रमले सहयोग गर्ने तथा देशभर छरिएर रहेको पूजीको संकलनका लागि एउटा महत्वपूर्ण माध्यम बन्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here