तोलामा ३ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, ५ असार । आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। आज सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको आइतबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। शुक्रबार प्रतितोला १२ सय ७५ मा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here