नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं, ५ असार । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको असार ५ गते बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय अर्थ मन्त्रालय, बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

हाल ११ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस सेयर वितरणपछि १२ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here