मोवाइल टावरबाट निस्कने विकिरणको असरबारे अध्ययनका लागि ६ कम्पनी छानिए

काठमाडौं, ५ असार । नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइलको टावरबाट निस्कने विकिरणबाट मानव स्वास्थ्यमा हुने अध्ययनका लागि कम्पनीहरु छनौट गरेको छ ।

प्राधिकरणले त्यस्ता विकिरणले मानव स्वास्थ्यमा असर गर्छ कि गर्दैन वा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक अध्ययन गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले गत पुसमा दुई ओटा प्याकेजमा अध्ययन प्रक्रिया अघि बढाएकोमा ६/६ ओटा कम्पनी छनौट गरेको हो । जसको पहिलो प्याकेज अन्तर्गत प्रदेश १ र मधेश प्रदेश र दोश्रो प्याकेजमा कर्णाली र सुदुरपश्चिम समेटिएको छ ।

छनोट हुने कम्पनीहरुमा ललितपुरको धापाखेलमा रहेको टेनजेन्ट कन्सल्टेन्ट ग्रुप , टेक्नोलोजी एण्ड सप्लायर्स, सीतापाइला रहेको इन्क्लुसिभ र एभरेस्टको जेभी, ईटीसी र टीसीएनको जेभी, इन्टेलको डिशको जेभी र जलजला बिल्डर्स एण्ड इन्फास्टक्चर कम्पनी रहेका छन् ।

कम्पनी छनोट भएसँगै प्राधिकरणले बाँकी प्रक्रिया अगाडी बढाउने बताएको छ । जसअनुसार छनोट भएको यी ६ कम्पनीसँग अब प्राधिकरणले आर्थिक र प्राविधिक प्रस्ताव माग गर्नेछ ।

त्यस्तै छनोट भएका कम्पनीहरुबाट आएको आर्थिक र प्राविधिक प्रस्ताव अध्ययन गरी अन्त्तिम चरणमा दुई ओटा कम्पनीलाई प्रदेशअनुसार अध्ययनको जिम्मा दिने छ ।

प्राधिकरणका अनुसार पहिलो प्याकेजको अध्ययनमा कम्तिमा ६०० ओटा मोबाइल टावरको अध्ययन गर्नुपर्ने छ । दोस्रो प्योजमा करिब ४०० मोबाइल टावर अध्ययनमा समेटिनु पर्ने प्रावधान छ ।

विशेषगरी बजारमा टावरबाट उत्सर्जन हुने विकिरणका विषयमा देखिएको दुविधालाई प्रष्टपर्ने उद्देश्यले यो अध्ययन अघि बढाएको जनाएको छ ।

त्यसो त प्राधिकरणले हालै मोबाइल टावरबाट सिर्जित विद्युतीय चुम्बकीय विकिरण (ईएमआर) बाट सर्वसाधारण तथा कामदारको सुरक्षासम्बन्धी विनियमावलीमा, २०७६ जारी गरेको छ ।

मोबाइल टावर स्थापना र सञ्चालन गर्ने दूरसञ्चार सेवाप्रदायकले तोकिए बमोजिम मात्र विद्युतीय चुम्बकीय विकिरण उत्सर्जन हुने व्यवस्था विनियमावलीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here