संसददेखि सडकसम्मको आवाजले पनि बजारमा देखिएन उत्साह, नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं, ५ असार । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२३ कम्पनीको १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा उपसमूह राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक पनि ३ प्रतिशतले गिरावट आएको छ ।

यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६५६.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार रिभर फल्स पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यसैगरी, बलेफी हाइड्रोपावर ८.१९, मितेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्टका शेयरधनीले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

त्यस्तै, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रो, हिमालयन ऊर्जा, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, मध्येभोटेकोशी र वीन नेपाल लघुवित्तका शेयरधनीले ६ प्रतिशत गुमाएका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी, एनसीसी बैंकको झन्डै साढे ५ करोड र सेञ्चुरी बैंकको पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here