यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम, के-के छ प्राथमिकतामा (पूर्णपाठ)

फाइलफोटो

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

‘सांस्कृतिक सहर,समृद्ध महानगर’ नारा दिएर मेयर बालेन्द्र शाहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम ११औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गरेका हुन्।

साहले संस्कृतितर्फ काठमाडौँको जात्रा, मेला, पुजा, पर्व, परम्परागत जीवनशैली समेटिएको काठमाडौँ महानगरको साँस्कृतिक प्रोफाइल, ‘कल्चर प्रोफाइल अफ काठमाडौँ सिटी’ प्रकाशित हुने घोषणा गरे ।

प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहोरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ती, स्थापना, विकास र संचालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेस्ट कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

सामुदायिक विद्यालयहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा आएको छ । आवासीय विद्यालयहरूमा कम्तिमा एक जना चिकित्सक र सम्भावित विपद् जोखिम न्यूनीकरण लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइने मेयर साहले बताए ।

स्थानीय समूदायलाई करेसाबारी, कौसीबारी तथा भर्टिकल गार्डेनका लागि प्रोत्साहन गर्ने नीति पनि लिने भएको छ । महानगरवासीलाई सर्वशुलभ तबरले तरकारी, फलफूलहरूको आपूर्ति गर्ने व्यवस्थाका लागि शीत भण्डारको व्यवस्था गर्ने योजना पनि ल्याइएको मेयर साहको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here