यी खोला/नदीमा जलसतह बढ्दो, बाढीको सम्भावना उच्च

फाइलफोटो

काठमाडौं, ६ असार । मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरु भएको छ । वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

वर्षाको सम्भावना रहेकाले केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेको छ । जुनसुकै बेला बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ताप्लेजुङ, संखुवासभा, पाँचथर, झापा, मोरङका केही नदी तथा खोलामा आकस्मिक बहाव हुनसक्ने विभागले जनाएको छ । बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व पश्‍चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु र आसपास भई बहने केही ससाना नदीमा बाढी आउनसक्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here