बजारप्रतिको कठोर सरकारी नीतिले लगानीकर्ता निराश, नेप्से १९ महिना यताकै तल्लो बिन्दुमा

काठमाडौं, ६ असार । शेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण शेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ।

सोमबार सूचक एक हजार ९०० बिन्दुमुनी झरेको हो। यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो।

पछिल्लो समय समग्र अर्थतन्त्रका सूचक नकारात्मक भइरहँदा शेयरर बजार पनि लगातार ओरालो लागेको हो । निरन्तरको गिरावटका कारण मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले शेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।

बैंकिङ प्रणालीमा भएको तरलता अभाव, बढ्दो बैंक ब्याजदर, शेयर धितो कर्जामा राष्ट्र बैंकको कडाइ लगायत कारणले शेयर बजार ओरालो लागेको छ ।

अहिले सडकदेखि सदनसम्म शेयर बजारको समस्या बारे प्रश्न उठे पनि त्यसको ठोस समाधान हुन सकेको छैन् । जसले लगानीकर्ता झनै निराशा हुँदा बजार लगातार गिरावट जारी छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here