उद्योगमन्त्री भन्छन् -‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै घाटामा छौं’

काठमाडौं, ६ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले उक्त कुरा बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको तर जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको बताए।

पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन सकिदैन् उनले भने । उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here