काठमाडौं, ६ असार । हवाई सेवाप्रदायकहरुले भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्।
संघका अनुसार सबैभन्दा बढी ५५५ रुपैयाँ र न्यूनतम १७० रुपैयाँले भाडा बढेको छ।
काठमाडौं–धनगढी पुग्न अधिकतम १६ हजार ८०५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ८४० रुपैयाँ भाडा बढेको हो ।
काठमाडौं– विराटनगर ४५५, काठमाडौं–जनकपुर २४५, काठमाडौं–भरतपुर २००, काठमाडौं–पोखरा ३००, काठमाडौं–भैरहवा ३९५, काठमाडौं–नेपालगञ्ज ६३०, काठमाडौं–तुम्लिङटार ३५० र काठमाडौं–सिमरा रुटमा १७० रुपैयाँ भाडा बढेको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ वृद्धि गरी १८५ रुपैयाँ पुर्याएको छ ।