सौन्दर्य प्रतियोगिताकी किशोरी बलात्कार प्रकरण: मनोज पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौं, ६ असार । जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आदेशसँगै उनलाई डिल्लीबजार कारागार पठाइएको छ । यस्तै, बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। जसमा अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here