टेलिकमले भन्यो-‘मिल्दोजुल्दो पेजबाट भ्रामक सूचना आइरहेका छन्, ‘ब्लु टिक’ हेरेर मात्रै विश्वास गर्नू’

काठमाडौं, ७ असार । नेपाल टेलिकमको मिल्दोजुल्दो पेज बनाएर भ्रामक सूचनाहरू प्रवाह गर्नेहरु प्रति सचेत रहन आग्रह गरेको छ । मंगलवार आफ्नो फेसबुक पेज मार्फत सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

टेलिकमले मिल्दोजुल्दो अन्य पेजहरूबाट भ्रामक सूचनाहरू प्रवाह भइरहेको भन्दै टेलिकमको आधिकारिक पेजबाट मात्रै सही सूचना आउने उल्लेख गरेको छ ।

टेलिकमद्धारा जारी सूचनामा भनिएको छ-‘नेपाल टेलिकमसँग मिल्दो जुल्दो अन्य पेजहरुबाट भ्रामक सूचनाहरु प्रवाह भइरहेको हुनाले नेपाल टेलिकमको आधिकारिक पेज कुन हो भनि थाहा पाउनको लागि Blue tick हेर्न नभुल्नुहोला।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here