निर्यात कमजोर हुँदा व्यापार घाटा १५ खर्ब ७७ अर्ब नाघ्यो

काठमाडौं, ७ असार । आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा (साउनदेखि जेठ मसान्तसम्म) वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको हो ।

एघार महिनाको अवधिमा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगको छ । गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो ।

विभागका अनुसार यो अवधिमा आयात २७.५ प्रतिशतले बढेर १७ अर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । ११ महिनामा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ ।

गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा बृद्धि भएको हो ।

नेपालमा भारत तथा तेस्रो मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ ।

गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा बृद्धि भएको छ ।

कूल वैदेशिक व्यापारमा निकासीको हिस्सा ९.५३ प्रतिशत रहँदा आयातको हिस्सा भने ९०.४७ प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here