प्राधिकरणको चेतावनीपछि आन्तरिक उडान नियमित

८ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाहीको चेतावनी दिएपछि आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् ।

गृह सचिवको संयोजकत्वमा मंगलबार मध्यरातमा प्राधिकरणका पदाधिकारी र वायुसेवा संचालकहरुबीचको वार्तामा उडान नरोकी समस्या समाधानका उपाय खोज्ने सहमती जुटेको हो ।

यसअघि उडान रोकेमा कानून अनुसार कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको थियो । त्यसपछि कम्पनीहरु पछाडी हटेका छन् । सबै कम्पनीहरुले सूचना निकालेर उडान सूचारु हुने जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here