दोर्दीखोला जलविद्युतको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, ८ असार । दोर्दीखोला जलविद्युतले निष्काशन खुला गरेको साधारण शेयर ९आइपीओ० आज बिहान बाँडफाँड भएको छ ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख १ हजार ९७७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ९ जनाले ११ कित्ता सेयर पाएका छन् । १३ लाख बढीको भने हात रित्तो भएको छ ।

कम्पनीले जेठ २६ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयरमा विक्रीमा ल्याएको थियो । जसमा १५ लाख ५९ हजार ५८ जनाले आवेदन दिएका थिए ।

यसरी हेर्नुहोस् नतिजा

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र दोर्दी खोला जलविद्युत कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here