अनशनरत कोइराला भेट्न पुगेका बालेनले भने- ‘नीतिगत सुधारका लागि जायज माग छन्’

काठमाडौं, ८ असार । पुँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइरालालाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) खुमलटार पुगेका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि विगत ८ दिनदेखि अनसन बसिरहेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला लगायतलाई भेट्दै बालेनले मागहरू जायज रहेको भन्दै सरकारको यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

उनले भने -‘सरकारले हेल्चेक्र्याँई गरिरहेको छ, ‘सरकार एक्लैले चाहेर मात्रै यति धेरै कम्पनीहरूको स्थापना हुन सक्दैनथ्यो । लगानीकर्ताहरूले लगानी गरिदिएर मात्रै यो सम्भव भएको हो ।’

सेयर बजारले समग्र देशको विकासमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन् । कुनैपनि नीति ल्याउँदा त्यसले समग्र बजारलाई कसरी प्रभाव पार्छ र देशको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुरा राम्ररी ध्यान दिनुपर्ने उनले बताए ।

सेयर बजारमा भारी गिरावट आएपछि लगानीकर्ताहरू आन्दोलित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here