पर्वतारोही एवं फोटो पत्रकार श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

काठमाडौं, ८ असार । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ ।

फोटो पत्रकार श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाईका ७ वटा हिमालको सफल आरोहण गरेकी थिइन् । उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोण गरेकी हुन् ।

यस्तै पटकथा र सिर्जनशिलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवार्ड जितेका थिए ।

परिसंघको उपाध्यक्ष समेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उनीहरुको उपलब्धीको प्रशंसा गर्दै सम्मान गरेका थिए । साथै यस सफलताले नेपालको पर्यटन प्रबद्र्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here