म प्रधानमन्त्री भएको भए यसरी मिलाउँथे पेट्रोलियमको मुल्य

महावीर पुन

काठमाडौं । पेट्रोलियम पदार्थको आयातमा लाग्ने सरकारी राजश्व र मुल्य अभिवृद्धी कर (मु.अ कर) मा प्रति लिटर ३० रुपैंया घटाएर प्रति लिटर पेट्रोलको मुल्य रु. १८५ र डिजेलको मुल्य रु. १७७ बनाउने थिएँ । यसो गर्दा आयल निगमलाइ पेट्रोलमा प्रति लिटर रु. २.४२ र डिजेलमा १.०५ रुपैंया नाफा हुने थियो । अनि आयल निगम पनि डुब्ने थिएन । यसलाई नेपालीमा सर्प पनि नमर्ने र लठ्ठी पनि नभाँचिनेू भन्छन । जसलाई अंग्रेजीमा वीन वीन सिचुएसन भन्छन। कुरा बुझ्न तलको तालिका हेर्नु होला ।

राजश्व र मुअ कर बाहेक अरु मुल्य केहि बदलेको छैन ।

यस्तो प्राबधान अहिले संसारमा युक्रेन र रुसको लडाईले गर्दा भएको मुल्य बृद्धी नरोकिएसम्म सम्म लागु गर्नसकिन्छ । बिश्व बजारमा पेट्रोलियमको भाउ सामान्य नहुन्जेल सम्म यसरी नै मुल्य समायोजन गर्न सकिन्छ । किन भने बिश्व बजारको मुल्य हामीले घटाउन सक्दैनौं । हामीले घटाउन सक्ने भनेको पेट्रोलियम पदार्थमा लाग्ने राजश्व र कर मात्र हो ।

यसो गर्दा जनताले थोरै भए पनि राहत पाउँने छन् र नेपाल आयल निगम पनि डुब्ने छैन । सभासदहरुले यो प्रस्ताबलाई बहुमतले पारित गर्नु होला । अनि जनताले सरकारको खोइरो खन्ने छैनन् अथवा खोइरो खने पनि अलि कम खन्ने छन् । धेरैले जयजयकार पनि गर्ने छन् । धन्यबाद

महावीर पुनको फेसबुक स्टाटसबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here