टिपरको ठक्करबाट भक्तपुरमा दुईजनाको मृत्यु

काठमाडौं, ९ असार । टिपरको ठक्करबाट भक्तपुरमा दुईजनाको ज्यान गएको छ ।

विहीवार बिहान २ बजे भक्तपुरको आदर्श नगर सडकखण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो ।

उनीहरूको सनाखत हुन बाँकी छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here