१७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, ९ असार । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चारजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह परेका छन् ।

त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डिआइजीको बढुवामा सिफारिस भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here