रोकिएन् शेयर बजारको ओरालो यात्रा, लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल

काठमाडौं, ९ असार । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको लाग्दै आएको छ ।

लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि शेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिएको छैन् ।

साताको कारोबारको पाँचौदिन विहीवार नेप्से ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा आइपुगेको छ ।

यसदिन २३७ कम्पनीको १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४ रुपैयाँ बराबरको ५० लाख ८ हजार ७७१ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। हाइड्रोपावर समूूह सबेभन्दा धेरै ४.११ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह ३.७९, इन्भेष्टमेन्ट ३.५२, फाइनान्स ३.४८ प्रतिशतले घटेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९६०.७० रुपैयाँ पुगेको छ ।

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०५.३० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार शिवश्री हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here