नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन

काठमाडौं ९ असार । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो।

कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि उक्त पद रिक्त रहेको थियो । यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका हुन् ।

सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी निलम्बनमा परेका छन् ।

पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन कोभिड महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्न अग्रपङ्तीमा खटिएका थिए ।

आलेले निगमभित्र रहेका १०औं तहका चारजना हुँदाहुँदै नवौं तहका ज्वारचनलाई महाप्रवन्धक बनाएका छन्। यो निर्णयले निगमभित्र असन्तुष्टी चुलिएको छ।

ज्वारचनभन्दा माथि कमर्सियल डाइरेक्टर जनक कालाखेती, क्ववालिटी एस्योरेन्स डाइरेक्टर विक्रम के.सी., इन्जिनियरिङ मेन्टिनेन्स डाइरेक्टर प्रज्वल श्रेष्ठ ,अपरेशन डाइरेक्टर रवीन्द्र कुमार शेरचन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here