देशभरका स्थानीय सरकारले बजेट सार्वजनिक गर्दै

काठमाडौं, १० असार । देशभरका स्थानीय सरकारले शुक्रबार बजेट सार्वजनिक गर्दैछन् । देशका अधिकांश स्थानीय तहले आज आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनमा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले बजेट ल्याउन लागेका हुन । यसरी पेश भएको बजेट असार मसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुनुपर्नेछ ।

देशका सबै स्थानीय तहले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट निर्माण गरेका छन्। संघीय सरकारले १५ जेठमा, प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here