गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट, पूँजी बजारका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् ।

नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा रहेको छ । गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधनलगायत विषयमा छलफल गरिएको थापाले बताएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको उनले जनाएका छन् ।

अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्न पनि उनले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here