काठमाडौं, १० असार । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा साताको कारोबारको अन्तिम दिन दोहोरो अंकको सुधार आएको हो ।
शुक्रवार बजार मापक सूचक नेप्से १३.७८ अंकले बढेर १८६२.६ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँ बराबरको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहको परिसूचकमा हरियाली छाएको छ । भने एक वटाको घटेको छ ।
यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार केहि दिनदेखि लगातार उच्च अंकको वृद्धि भएको आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज भने घटेको छ ।
यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।