काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि बजेट सार्वजनिक गरेको छ ।

नगरसभामा उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरेकी हुन् ।

महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

काठमाडौं महानगरले ल्याएको बजेट मध्ये २२ अर्ब ३६ करोड महानगरको सञ्चिति र संघिय र प्रदेश सरकारबाट हुने ३ अर्ब ५ करोड प्राप्त हुने अनुमान गरिएको छ।

काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।

चालू आवमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here