ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड, स्वीकृति विना कालोपत्रे भएको सडक खन्न नपाइने

काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

ललितपुर महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले बजेट मार्फत जनाएको छ ।

यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।

ललितपुर महानगरले कल सेन्टर चलाउने पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here