ऋणपत्र निष्कासन गर्दै ‘निफ्रा’, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं, १० असार । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

बैंकले रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा असार १ गते निवेदन दिएको हो ।

कुल ५० लाख कित्ता ऋणपत्र मध्ये बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको ‘७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here