बाढीले मेलम्चीको फट्टे पुलमा क्षति, बाढीको त्रासले मध्यराति स्थानीयले घर छाडे

काठमाडौं, ११ असार । बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए।

हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको जानकारी दिइन्।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।

स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए। यसबाट ६ वडाका बासिन्दा प्रभावित भएका छन्।

अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा रहेका मोटरेबल र झोलुङ्गे पुलमा क्षति पुगेको थियो । हिउँदमा सहज भए पनि वर्षायाम लागेसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

वैकल्पिक बाटो प्रयोग गर्दा लामो समय लाग्ने गरेको छ । हेलम्बुको चनौटेमा सेनाले बेलिबृज बनाएको छ भने मेलम्चीमा बाहुनेपाटी पुग्नुपर्ने बाध्यता रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here