काठमाडौं, ११ असार । सरकारले करबापतकोे शुल्कमा कटौती गर्दै पेट्रोलियम पदार्थमा शुल्क घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कटौती गर्ने निर्णय गरेको हो।
शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलियम पदार्थमा लगाइँदै आएको करमा कटौती गरिएको जानकारी दिएका हुन् ।
यससँगै अब डिजेलको प्रतिलिटर मूल्य १६४ रुपैयाँ र पेट्रोलको मूल्य १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।