दोधारा चाँदनी नगरपालिकाले ल्यायो ७२ करोड ८२ लाखको बजेट

दोधारा । दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक २०७९/०८० का लागि झण्डै ७२ करोड ८२ लाख बराबरको बजेट ल्याएको छ ।

दोधारा चाँदनी नगरफालिकाको शुक्रवार सम्पन्न आठौ नगर सभाले आगामी आर्थिक २०७९/०८० का लागि ७२ करोड ८२ लाख ३६ हजार २ सय बजेट ल्याएको हो । शुक्रबार आठौं नगरसभामा नीति तथा कार्यक्रम संगै उक्त बजेट प्रस्ताव गरिएको हो ।

आगामी आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकार अर्थ मन्त्रालयबाट वित्तिय समिकरणमा रु. १४ करोड १२ लाख, शसर्त अनुदानमा रु.१८ करोड ७२ लाख, संघिय राजस्व बाडफाँडबाट रु.९ करोड ९८ लाख, संघबाट समपुरक अनुदानमा रु. २ करोड, प्रदेश राजस्व बाडफाँडबाट रु. २२ लाख ४४ हजार, प्रदेशबाट बित्तिय समानिकरणबाट १ करोड २ लाख ५७ हजार, प्रदेशबाट बिशेष अनुदानमा रु. ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा १ करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट रु. ३ करोड ६४ लाख ४१ हजार प्रस्ताव गरिएको छ्

सडक बोर्डबाट रु। ३५ लाख, गत वर्षको मौजदाबाट रु. २ करोड र सामाजिक सुरक्षा तर्फबाट रु. १९ करोड ५ लाख ४० हजार २ सय गरि जम्मा रु. ७२ करोड ८२ लाख, ३६ हजार २ सय आम्दानी हुने प्रस्ताव गरिएको छ् ।

त्यस्तै गरि खर्च तर्फ चालु खर्च रु. ३६ करोड १५ लाख ८२ हजार ५ सय ६० र पुँजीथत खर्च १७ करोड ६१ लाख १३ हजार ४ सय ४० गरि जम्मा रु. ७२ करोड ८२ लाख ३६ हजार २ सय को बजेट प्रस्तावना गरिएको छ् ।

नगरपालिकाले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवास भएकाहरुलाई व्यवस्थापन, कृषि संकलन केन्ऽ तथा मलखादको डिपो स्थापना गर्ने योजना अघि सारेको छ् ।

यसैगरी, एक घर एक करेशाबारी, कृषि उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र स्थापना देखि बजारीकरण लगाएतका योजनाहरु अघि सारेको छ् ।

ग्रामीण विद्युतीकरण र सडक कालोपत्रे, सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाईने, सोर्यबत्ती जडान, किसानहरुलाई सहयोग तथा तालिम लगाएत तीन खम्बे अर्थनीति अबलम्बन गर्ने, रोजागरीको अवसर सृजना हुने योजनालाई प्राथमिकता दिने, जंगली जनावर रोकथामका लागि दिर्घकालिन संरक्षणको उपाय अपनाइने, नगर क्षेत्रमा भवन संरचनाको नक्सा पास अनिवार्य गर्ने, अर्गानिक व्यवसायलाई प्रोत्साहनलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।

सभामा नगर उपप्रमुख गंगा जोशीले वार्षिक तिनी र कार्यक्रम पेश गरेका थिए भने, आर्थिक बिकास समितिका संयोजक तथा दोधारा चाँदनी नगरपालिका वडा नं।.७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले आगामी आर्थिक २०७९/०८० को बजेट पेश गरेका थिए ।

नगर सभामा संघिय संसाद डा। दिपक प्रसाद भट्ट, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनारको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here