दोधारा चाँदनीकै ठूलो समस्या रहेको छाडा चौपाया व्यवस्थापन कसरी होला ? यसो भन्छन्- मेयर लिम्बु

पप्पु गुरुङ

दोधारा, ११ असार । दोधारा चाँदनीका किसानहरुले छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । खेतमा लगाएको धानको बिउ, मकै तथा तरकारी खेती गाई, गोरुले खाएर बाँझो खेत जस्तै बनाइदिने गरेका कारण उनीहरु सास्ती भोग्दै आएका हुन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले केही दिन आफ्नो सामाजिक संजालमा छाडा चौपाया ब्यवस्थापनमा कुनै ठोस निर्णय नगरि घर दैलोमा भेटघाट कार्यक्रममा नजाने उद्धघोष गरेका थिए ।

त्यसपछि मेयर लिम्बुले सरोकारवाला संग बैठक बसेर छाडा चौपाया ब्यवस्थापनको बारेमा छलफल चलाएका थिए ।

दोधारा चाँदनी नगरपालिकाको प्रमुख समस्या मध्य छाडा चौपाया ब्यवस्थापनलाई लिईएको छ् । स्थानिय निर्वाचनमा सबै दलका उम्मेदवारको प्रमुख मुद्धाको रुपमा छाडा चौपाया ब्यवस्थापन समेत रहेको थियो ।

सरकारले किसानहरुलाई समयमा मलखाद, बिउ बिजन, सिचाईको लागी बिद्युत्त सेवा सहज उपलब्ध नगराएको गुनासोसँग रातीको समयमा छाडा चौपायाहरुले धानको बिउ, मकै तथा तरकारी बाली खाएर नष्ट गरेको बिषयमा किसानहरुमा थप पिडामा रहेको बताउदै कम्तीमा छाडा चौपाया ब्यस्थापन मात्रै गर्न सके किसानहरुलाई राहत मिल्ने स्थानियहरु किसानहरुको गुनासो छ् ।

दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुले छाडा चौपाया ब्यवस्थापनमा आफुहरु लागि परेको बताएका छन् ।

शुक्रवार दोधारा चाँदनी नगरपालिकाको नगर सभाको बिहान दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सामाजिक संजालमा दोधारा चाँदनी नगरपालिकाको नगर सभा सम्पन्न भएको भोली पल्टबाटै छाडा चौपाया व्यवस्थापनमा आफै खट्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

छाडा चौपाया व्यवस्थापनको लागी सामुदायिक वन तथा खाली क्षेत्रमा तारवार गरि छाडा चौपाया ब्यवस्थापनको कार्य सुरु भईरहेको दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुले जनाएका छन् ।

यस वर्षमा छाडा चौपाया ब्यवस्थापनको लागी रु. २० लाख बराबरको काम गरिने र आगामी आर्थिक वर्षको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले प्रदेश सरकारलाई छाडा चौपाया ब्यस्थापनको लागि समन्वय गर्ने कार्यक्रम बनाईएको बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here