नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर डिम्याट खातामा आएन् ? यसो गर्नुहोस्

काठमाडौं, १२ असार । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको बोनस शेयर लगानीकर्ताको हितग्राही खाता पठाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको १६.५ प्रतिशत बोनस शेयर लाभांश खातामा पठाएको हो ।

कम्पनीले २०७८ पुस १३ गतेसम्म शेयर अभौतिकिकरण गराएका लगानीकर्ताको खातामा शेयर पठाईएको र सो मिति भन्दा पछि शेयर अभौतिकिकरण गराएकालाई क्रमश शेयर पठाईने कम्पनीले जनाएको छ ।

शेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ ।

शेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस शेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।

सेयर रजिष्ट्रार आरबीबी मर्चेन्टमा गई शेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here