पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा

काठमाडौं, १२ असार । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए । आलेले आफ्नो राजीनामाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका छन् ।

एकीकृत समाजवादीले जेठ २२ गते नै मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । तर प्रधानमन्त्रीले नयाँ मन्त्रीलाई अझै सपथ गराएका छैनन् ।

पार्टीले शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरेपनि अझै सपथ हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here