वेल्डिङ् इलेक्ट्रिसियन बिषयमा राष्ट्रिय सीप प्रतियोगिता संचालन हुने

काठमाडौं । विभिन्न निकाय र परियोजनाबाट वेल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परिक्षण तह-१ पास भएका महिला तथा पुरुष प्रशिक्षार्थीहरुबीच सीप प्रतियोगिता संचालन हुने भएको छ।

सिप सिकाईको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा ईच्छुक युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ( इभेण्ट प्राेजेक्ट -II ) को सहयोगमा आयोजना गरिएको स्किलिङ नेपाल फाउण्डेशनले जनाएको छ।

स्किलिङ नेपाल फाउण्डेशनअनुसार राष्ट्रिय सीप प्रतियोगितामा वेल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सीप परीक्षण समितिबाट तह १ को सीप परीक्षण उत्तीर्ण गरेका ५० वर्ष उमेर ननाघेका महिला एवम् पुरुषहरू सहभागी हुने छन्।

प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने प्रतियोगीहरूलाई आकर्षक पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता असार १४ गते संचालन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here