‘पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुने योजना एक सातामै ल्याउँछु’- मन्त्री श्रेष्ठ

काठमाडौं, १३ असार । नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गरेका छन् ।

पदबहालीको क्रममा उनले कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने बताए ।

कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here