एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, १३ असार । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

आइतवार पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभावले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको थियो ।

अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

कारोबारमा आएको १३ वटा समूहको परिसूचक मध्ये ११ वटा घटेको छ भने २ वटाको हरियो भएको छ । सबैभन्दा धेरै गुमाउनेमा विकास बैंकका लगानीकर्ता रहेका छन् । विकास बैंकको मूल्य यसदिन ३.५१ प्रतिशतले घटेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

न्यादी हाइड्रोको शेयरमूल्य ९.९६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य ९.१५ प्रतिशतले को छ ।

नेप्सेका अनुसार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा हिमालय डिस्टिलरीको शेयर कारोबार भएको छ । यसको ९ करोड
७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८ करोड २ लाख बराबरको कारोबार हुँदै शीर्ष तीनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here