दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं, १४ असार । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँ बराबरको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएको १३ वटा समूहको परिसूचक मध्ये ११ वटा घटेको छ भने २ वटाको हरियो भएको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी को शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ७ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ४३ लाख र तेस्रोमा सीआइटीको ५ करोड ३४ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here