शेयर बजार हरियाली, नेप्से ४१ अंकले बढ्दा दुई कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १५ असार । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से ४१.३९ अकले बढेर १९६२.७१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२८ कम्पनीको १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँ बराबरको ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको ।

बरुण हाइड्रोको शेयरमूल्य ९.४५ प्रतिशतले बढेर प्रतिकित्ता ४९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावरको भएको छ । यसको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा एशियन लाईफ इन्सोरेन्सको ५ करोड २५ लाख र तेस्रोमा पूनर्बीमा कम्पनीको ४ करोड ७० लाखको कारोकार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here