कर्णालीबाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना, कस्तो रहन्छ आगामी तीनदिन ?

काठमाडौं, १६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ।

कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वाअनुमान महाशाखाको अुनसार वाग्मती, गण्डकी, प्रदेश-१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्नेछ ।

असार १६ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असार १७ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

असार १८ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here