नबिलका सीइओ ढुंगानाले सम्हाले कार्यभार

काठमाडौं, १७ असार । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् ।

बैंकको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको सीइओमा ढुङ्गानालाई नियुक्त गरेको थियो । सोही अनुसार उनले आजदेखि आफ्नो पदभार ग्रहण गरी कार्यभार सम्हालेका हुन् ।

ढुंगानाको बैंकिङ क्षेत्रमा २५ वर्ष भन्दा बढी लामो अनुभव छ । यसअघि उनी नेपाल बंगलादेश बैंकको सीइओ थिए ।

एनएमबी बैंकका सीइओको रुपमा १० बर्ष काम गरेका उनी सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here