सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकको उपचारमा १० प्रतिशत छुट

काठमाडौं, १७ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सेञ्चुरी बैंक र अस्पतालबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गरिने भएको हो ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जनरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याविन चार्जमा ५ प्रतिशत छुट दिइने बताइएको छ ।

उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेलज्यूू र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here