काठमाडौंमा २८ सहित थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन। कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २६ र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here