प्राधिकरणको लापरवाहीले करेन्ट लागेर घाईते बालिकाको उपचार खर्च माग गर्दै आन्दोलन

दोधारा । विद्युत प्राधिकरणको लापरवाहीको कारण दोधारा चाँदनीमा बालिकालाई करेन्ट लागेर घाईते भएको भन्दै उपचार खर्च र क्षतिपूर्ती गर्दै स्थानियहरु आन्दोलनमा उत्रेका छन् ।

जेठ २९ गते दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोललाई जोड्ने झोलुङ्गे पुलको सर्पोट तारमा खेल्दै हाईटेन्सन लाईनमा अचानक करेन्ट लागेर घाईते भएका स्थानिय वर्ष १३ कि नेहा कठायतको अवस्था दैनिय बन्दै गएपछि स्थानियवासीले उपचार खर्च र क्षतिपूर्ती माग गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा जोशी तथा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई पीडित परिवार र स्थानियहरुले ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा झोलुङ्गे पुलको झण्डै एक मिटरमाथि जडान गरिएको ११ केभिको हाईटेन्सन विद्युत लाईनमा तत्कालिन जडानको समयमा स्थानियहरुले बिरोध बाबजुत नेपाल बिद्युत प्राधिकरणले प्रहरी प्रशासन लगाई बल प्रयोग गरि विस्तार गरेको कारण आगामी दिनहरु थप जोखिम हुनसक्ने भन्दै झोलुङ्गे पुल नजिक क्षेत्रबाट ११ केभिको हाईटेन्सन बिद्युत लाईन हटाउन समेत माग गरिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा जोशीले दोधारा चाँदनी नगरपालिकाले प्रारम्भिक चरणमा घाईतेलाई उपचार खर्च भनि रु. २० हजार रकम उपलब्ध गराएको र आगामी कार्यपालिकाको बैठकमा घाईतेको सहयोग र क्षतीपुर्तीको लागी आफुहरुले पहल गर्ने बताएकी छिन् ।

। ‘हामीले घाईतेको उपचार तथा क्षतिपूर्ती र न्यायको लागी पहल गर्ने छौं’ नगर उपप्रमुख गंगा जोशीले भनिन् । आजै पिडित परिवारजन र स्थानियहरुले नेपाल बिद्युत प्राधिकरण मेहन्द्रनगर कार्यालयमा बारम्बार गई उपचार खर्च र क्षतिपूर्ती माग राख्दै आएपनि कुनै वास्था नगरेको भन्दै अनिश्चितकालको लागी सेवा केन्द्र दोधारा चाँदनीमा तालाबन्दी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here